एमाले अध्यक्ष ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता

काठमाडौं, माघ १६ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सयुक्त राज्य अमेरिकाका कूटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नूल्यान्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरूको भेटवार्ता भएको हो । भेटमा दुई देशको हितका र समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
नुल्यान्डले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन् ।
प्रकाशित मिति: १४:२५ बजे, सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











