Kathmandu Press

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं, माघ १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । 

भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गरेका थिए। 

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्