पाेखरामा आइतबार जलेर घाइते भएकी महिलाको मृत्यु
सोमबार बिहान ५ बजे मृत्यु भएकी ती महिला ३५ वर्षीया संगीता सापकोटा हुन्। सोही घटनामा जलेर घाइते भएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ।
पोखरा, माघ १६ : पोखरामा आइतबार जलेर गम्भीर घाइते भएकी महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार बिहान ५ बजे मृत्यु भएकी ती महिला ३५ वर्षीया संगीता सापकोटा हुन्। सोही घटनामा जलेर घाइते भएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ।
पोखरा महानगरपालिका-१३ काहुँखोलामा आइतबार ती पुरुष र महिला जल्दै गरेको अवस्थामा उद्धार गरिएका थिए।
सापकोटाको घरमा डेरामा बस्दै आएका क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए। क्षेत्रीलाई बचाउन खोज्दा सापकोटा घाइते भएको देखिएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ।
प्रकाशित मिति: १३:४५ बजे, सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार