Kathmandu Press

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई अघि सार्ने माओवादीकाे तयारी

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीको भागमा परेको छ।
राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई अघि सार्ने माओवादीकाे तयारी

काठमाडौं, माघ १६ : माओवादी केन्द्रले राष्ट्रिय सभाको उपाध्यक्षमा सांसद उर्मिला अर्याललाई अघि सार्ने तयारी गरेको छ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्न गरेको प्रस्ताव अर्यालले अस्वीकार गरेको र अहलिे उनलाई नै राष्ट्रिय सभाको उपाध्यक्षमा अघि सर्न आग्रह गरिएको नेताहरूले बताए।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीको भागमा परेको छ।

जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय सभाको उपाध्यक्ष लिएर सरकारमा सहभागी हुन तयार भएकाे खण्डमा साे पद छाड्न माओवादी तयार रहेको चर्चा पनि चलिरहेको छ।

प्रकाशित मिति: १३:०७ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्