प्रधानमन्त्री र काठमाडौँ महानगर प्रमुखबीच भेटवार्ता

काठमाडाैं, माघ १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए। काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
प्रकाशित मिति: १०:५८ बजे, सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











