समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि : सभामुख घिमिरे

काठमाडौं, माघ १६ : सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताएका छन् ।
शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो धारणा राखेका हुन् ।‘नेपाली जनताको अधिकार प्राप्तिको सङ्घर्षमा चार शहीदको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु,’ घिमिरेले भनेका छन् ‘उहाँहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौँ ।’
घिमिरेले नेपालमा मूलतः राजनीतिक सङ्घर्षको समय सकिएर विकास र समृद्धिको समय आएको पनि सो सन्देशमा बताएका छन्। उनले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गरेका छन् ।
प्रकाशित मिति: ०९:५७ बजे, सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











