प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न आइतबार अपराह्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।
काठमाडौं, माघ १५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न आइतबार अपराह्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।
गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि सिर्जित राजनीतिक विषयहरुमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन् । लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्नेमा एमालेका नेताहरुले अध्यक्ष ओलीमाथि दबाब दिएको चर्चा छ भने प्रधानमन्त्री प्रचण्ड भने तत्काल रवि लामिछानेलाई गृहमन्त्रीमा फर्काउने पक्षमा नरहेको बताइएको छ ।
प्रचण्ड र ओलीबीच रिक्त मन्त्रालयलाई पूर्णता दिने तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे छलफल हुनेछ ।
प्रकाशित मिति: १७:११ बजे, आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











