बालेन बेलैमा नसच्चिए जनतासँग मेयर पदबाट ओराल्ने अधिकार छ : सुमन सायमी
महानगरपालिकाले कानुनविपरीत व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाइरहेको भन्दै आइतबार माइतीघरमा भेला भएका महानगरवासीको प्रदर्शनपछि सञ्चारकर्मीसँग बाेल्दै सायमीले मेयर बालेनले जनताले दिएको अधिकारको दुरुपयोग गरेकाे र महानगरवासीमाथि ज्यादती गरेको बताए।
काठमाडौं, माघ १५ : अभियन्ता सुमन सायमीले काठमाडौं महानगरपािलकाका मेयर बालेन्द्र (बालेन) साह पहिलेका शासकभन्दा निरंकुश हुँदै गएको आरोप लगाएका छन्।
महानगरपालिकाले कानुनविपरीत व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाइरहेको भन्दै आइतबार माइतीघरमा भेला भएका महानगरवासीको प्रदर्शनपछि सञ्चारकर्मीसँग बाेल्दै सायमीले मेयर बालेनले जनताले दिएको अधिकारको दुरुपयोग गरेकाे र महानगरवासीमाथि ज्यादती गरेको बताए।
पहिलेका शासकले निजी सम्पत्ति जतन गर्नू भन्दै सूचना गर्ने भए पनि अहिले महानगरले बिनासूचना डोजर लिएर आउने, आक्रमण गर्ने गरेको उनले बताए। ‘सडक विस्तारका नाममा बिनाअध्ययन डोजर चलाएको छ,’ उनले भने, ‘यो लुटतन्त्र हामी सहदनौं।’
उनले बालेनलाई बेलैमा सच्चिन र जवाफदेही बन्न आग्रह गरे। उनी नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको पनि सायमीले बताए।
प्रकाशित मिति: १५:५८ बजे, आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार