Kathmandu Press

अत्तरिया ३९ रनले विजयी

धनगढी, फागुन २ : डिपिएलअन्तर्गत आजको खेलमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ ।

एसय २२ रनको लक्ष्य पछ्याउने....

अत्तरिया ३९ रनले विजयी

धनगढी, फागुन २ : डिपिएलअन्तर्गत आजको खेलमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ ।

एसय २२ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले ८२ रनमात्रै बनाउन सक्यो । उसका ६ ब्याट्सम्यानले दोहोरो अंक पनि बनाउन सकेन भने दुई शून्यमा आउट भए । रुपन्देहीका लागि सुमित महर्जनले २२, सन्दीप सुनारले १५, प्रदीप ऐरी र बिक्रम सोबले १४÷१४ रन बनाए ।

अत्तरियाका लागि सन्नी पटेल, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले दुई÷दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए ।

यस अघि अत्तरियाले नौ विकेटको क्षतिमा एकसय २१ रन बनाएको थियो । उसका लागि क्याप्टेन दीपेन्द्रसिंह ऐरीले ६७ रन बनाएका थिए ।

आज अर्को खेल विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीच हुदैँछ ।

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, फागुन २, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्