Kathmandu Press

रवि लामिछानेले लिए नेपाली नागरिकता 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११  र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताए ।
रवि लामिछानेले लिए नेपाली नागरिकता 

काठमाडौं, माघ १५ : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । 

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले लामिछानेले प्रशासनबाट पुनः नागरिकता लिएको पुष्टि गरे । 

अमेरिकी नागरिकता परित्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्ती गर्न आवश्यक प्रक्रिया नगरेको भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद खारेज गरिदिएको थियो । 

रविले सांसद पदसँगै उपप्रधानसहितको गृहमन्त्री र पार्टीको सभापति पद समेत गुमाएका थिए। अदालतको आदेशपछि आइतबार उनी नागरिकता पुनः कायम गराउन काठमाडौं प्रशासन पुगेका थिए ।   

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११  र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताए ।

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्