Kathmandu Press

पोखरामा जलेर दुई जना घाइते, आत्मदाह गरेको आशंका

आइतबार बिहान पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोला बस्ने कृष्णबहादुर क्षेत्री र संगिता सापकोटा जलेको अवस्थामा भेटिएका हुन् ।
पोखरामा जलेर दुई जना घाइते, आत्मदाह गरेको आशंका

काठमाडौं, माघ १५ : पोखरामा पनि आत्मदाहको प्रयास भएको छ । 

आइतबार बिहान पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोला बस्ने कृष्णबहादुर क्षेत्री र संगिता सापकोटा जलेको अवस्थामा भेटिएका हुन् । बाथरुममा जलिरहेको अवस्थामा दुबै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्याइएको छ । 

उनीहरुको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

 दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३:४८ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्