Kathmandu Press

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि 

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि 

काठमाडौं, माघ १५ : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।   

आइतबार नागरिकताको प्रमाणपत्र लिन काठमाडौं प्रशासन पुगेका हुन् । उनीसँगै उनका समर्थकहरु पनि  काठमाडौं प्रशासन पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड लागेको छ ।  

अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो ।  सांसद पद खारेज भएसँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीसँगै पार्टीको सभापति पद समेत गुमाएका थिए । 
 
त्यसैले रवि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।

प्रकाशित मिति: १२:०६ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्