राष्ट्रपतिको निर्वाचन घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

काठमाडौं, माघ १५ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन घोषणा गर्न माग गरेका छन् ।
उपसभापति खड्काले आइतबार ट्वीट गर्दै फागुन २८ अघि नै सम्पन्न हुनेगरी निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।
‘दायाँवायाँ नसोची, नहेरी ! निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ यसतर्फ बेलैमा ध्यान जाओस्,’ उपसभापति खड्काले लेखेका छन् ।
दायाँबायाँ नसाेचि,नहेरि !
— Purna Bahadur Khadka (@NCPurnaKhadka) January 29, 2023
निर्बाचन अायाेगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्बाचनकाे मिति घाेषणा गरेर अहिले यश बिषयमा देखिन थालेकाे संसयकाे घेरा बाट अाफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाकाे गरिमाकाे लागि श्रेयस्कर हुनेछ?
यश तर्फ बेलैमा ध्यान जाअाेस ?? pic.twitter.com/Rr0f3D4MMf











