गीतकार बिदुरले लिएर आए गैँडा चुरोट (भिडियो)
गायक दिनेश गौतम र अनु सिंहको स्वर दिएका छन् भने पुस्तक प्रसादले संगीत भरेका छन्। गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।
काठमाडौं, माघ १५ : गीतकार एवं गजलकार बिदुर तिमल्सिना ‘देवदुत’ को शब्दमा गैँडा चुरोट बोलको गीत सार्बजनिक भएको छ ।
गायक दिनेश गौतम र अनु सिंहको स्वर दिएका छन् भने पुस्तक प्रसादले संगीत भरेका छन्। गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।
गीतमा चर्चित मोडलद्धय प्रदीप बास्तोला र सृष्टी खड्काको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। रामचन्द्र गौतमको निर्माणमा तयार भएको गीतलाई राजिव समरले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।
यसअघि गीतकार तिमिल्सिनाले राजाको हात्ती, कसले सक्छ छ्ल्न कति आउँछ्न मोड जिन्दगीमा, उ कोरिबाटि चिटिक्क पर्दै लगायतका गीत सार्बजनिक गरिसकेका छन् ।
उनका गीतमा प्रेम, जीवन, दर्शन, समाज , प्रकृति आदि विषयवस्तु भेटिन्छन् । गजल र मुक्तक लेखनमा तल्लीन रहेका तिमिल्सिनाले आगामी दिनमा पनि अझ मेहनतका साथ यस्तै गीतहरु सार्बजनिक गर्ने बताएका छन् ।









-1783580717.jpeg)

