Kathmandu Press

प्रमोद खरेलको  ‘कन्सर्ट’भीडमा परी २५ जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर

धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो ।
प्रमोद खरेलको  ‘कन्सर्ट’भीडमा परी २५ जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं, माघ १५ : धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन् । 

धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिए । 

घाइत ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको छ । निमित्त प्रजिअका अधिकारीले घाइतेलाई अस्पताल पु¥याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताए । यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको थियो । 
 

प्रकाशित मिति: ०७:४४ बजे, आइतबार, माघ १५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा