एमालेमा असहिष्णु र संकीर्ण सोच छ : नेपाल
‘एमालेमा असहिष्णु र संकीर्ण सोच छ। राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन्, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ?’
सप्तरी, माघ १४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावध नेपालले सत्तारुढ दल एमालेमा असहिष्णु र संकीर्ण सोच रहेको बताएका छन्।
शनिबार सप्तरीको राजविराजमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संकीर्ण सोचबाट ग्रसित एमालेले राष्ट्रपति पनि पाए उसलाई कसैले छुन नसक्ने बताए।
अध्यक्ष नेपालले भने, ‘एमालेमा असहिष्णु र संकीर्ण सोच छ। राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन्, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ?’
एमाले नेतृत्व सत्ता कब्जाको सोचले ग्रसित रहेको बताउँदै उनले सभामुख, राष्ट्रपति कब्जा गर्ने अनि पछि प्रधानमन्त्री पनि कब्जा गरेर राज्यका अन्य निकाय कब्जा गर्ने सोचमा एमाले नेतृत्व रहेको दाबी गरे।
उनले मुलुकको राजनीति गोलचक्करमा फसेको बताउँदै यो गोलचक्करबाट देश कसरी निस्कल्ने भन्ने विषयमा सोच्नु पर्ने बताए । उनले वर्तमान सरकार आएपछि तमासाहरू भइरहेको भन्दै अझै कतिवटा तमासा आगामी दिनमा हुने हो त्यो हेर्न बाँकी नै रहेको उल्लेख गरे।
ननले एकीकृत समाजवादीसँग वार्ता गरेकै कारण जसपालाई सरकारमा सहभागी नगराएको पनि अरोप लगाए। ‘जसपा नेतासँगको भेटमा एमालेका नेताले माधव नेपालसित वार्ता गरेका कारण सरकारमा मौका नदिएको कुरा बताएको विषय बाहिर आएको छ । यति असहिष्ण, यति संकीर्ण सोच भएकाबाट के होला ?’











