Kathmandu Press

राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुने सक्ने पात्र खोज्नुपर्छ : डा. भट्टराई

आज (शनिबार) गोरखामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अभिभावकीय संस्थाको नेतृत्व गर्ने व्यक्ति भएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताएका हुन्।
राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुने सक्ने पात्र खोज्नुपर्छ : डा. भट्टराई

गोरखा, माघ १४ : नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुने सक्ने पात्र खोज्नुपर्नेमा जोड दिएका छन् ।

आज (शनिबार) गोरखामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अभिभावकीय संस्थाको नेतृत्व गर्ने व्यक्ति भएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताएका हुन्।

‘सकेसम्म सबै विषयमा पाँच वर्ष राष्ट्रिय सहमति गरेर जानुपर्छ, नभए कमसेकम देशको अभिभावकको रुपमा परिकल्पना गरिएको राष्ट्रपतिचाहिँ सबैको सहमतिमा बनाउनसपर्छ,’ उनले भने, ‘त्यसमा कहाँ गएर कुन व्यक्तिमा सहमति बन्छ अहिले भन्न सकिँदैन।’

शुभेच्छुकहरूले राष्ट्रपतिमा आफ्नो पनि नाम पनि लिएको उनले बताए। ‘शासकीय स्वरुप र निर्वाचन प्रणाली नबदलेसम्म अस्थिरताको खतरा हुन्छ, त्यसैले राष्ट्रिय सहमतिका लागि निरन्तर पैरवी गरेको छु,’ उनले भने, ‘त्यसकारण कतिपय शुभेच्छुकले एउटा पात्र हुन सक्ने भनेर मेरो नाम अघि सार्नुभएको होला। म आफैंले त्यसबारे बोल्नु हतार हुन्छ।’

राष्ट्रिय राजनीतिमा अन्योल र अस्थिरता देखिएकाले स्थिरताका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको भट्टराईको भनाइ थियो। 

प्रकाशित मिति: १७:०१ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्