Kathmandu Press

‘राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा ल्याउन एमाले दृढ संकल्पित’

सहिद दिवसको अवसर पारेर एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता समीकरणलाई मुलुकको हितका पक्षमा लैजान मिलेर अघि बढ्ने बताए।
‘राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा ल्याउन एमाले दृढ संकल्पित’

काठमाडौं, माघ १४ : एमाले महासचिव शंकर पोखरेलले सत्ता समीकरण भत्काउने कुनै पनि षड्यन्त्र सफल नहुने बताएका छन्।

सहिद दिवसको अवसर पारेर एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता समीकरणलाई मुलुकको हितका पक्षमा लैजान मिलेर अघि बढ्ने बताए।

उनले  रवि लामिछानेमाथिको अदालतको आदेशपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गरेर निष्कर्ष निकाल्ने धारणा राखे।

उनले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा ल्याउन एमाले दृढ संकल्पित रहेको पनि बताए। 

‘राजनीतिक अस्थिरताको दुश्चक्र कायम गर्ने जुन कोसिस गरिएको छ। त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढ्न तयार छ भन्ने कुरा पनि म तपाईंहरुका बीचमा राख्न चाहन्छु,’ उनले भने।

उनले अगाडि थपे, ‘अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु भइरहेका छन्। नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भीर छ। र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु।’

प्रकाशित मिति: १६:०७ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्