धनुषामा पेस्तोलसहित दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले आज (शनिबार) जनकपुरमा पत्रकार सम्मेलन गरेर उनीहरूलाई पक्राउ गरिएको जानकारी गराएको हो।
जनकपुरधाम, माघ १४ : धनुषाको मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले आज (शनिबार) जनकपुरमा पत्रकार सम्मेलन गरेर उनीहरूलाई पक्राउ गरिएको जानकारी गराएको हो।
विशेष सूचनाका आधारमा इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले गत माघ १२ गते साँझ खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरेको थियो।
उनीहरुका साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ।
सो पेस्तोल भारतीय सीमा नाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको प्रहरीको भनाइ छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १६:३१ बजे, शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











