लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने नेम्वाङकाे संकेत
सहिद दिवसको अवसर पारेर एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुनपर्ने बताए।
काठमाडौं, माघ १४ : एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले रवि लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरेका छन्।
सहिद दिवसको अवसर पारेर एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुनपर्ने बताए।
सरकारको साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेको नागरिकता खारेज प्रकरणले सरकारमै समस्या आउने त होइन भन्ने चासो र चिन्ता भइरहेका बेला उनले त्यस्तो बताएका हुन्।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नुपरेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतको आदेशपछि उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो। यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन। यस्ता कुराहरु उत्पन्न हुन्छन्। त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचविचार गरेरै यो संविधान बनाइएको हो।’ त्यस्तै उनले लामिछानेले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने पनि बताए।
लाामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको घटनामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने फैसला गरेको थियो। उनको पुरानो नागरिकता अमानन्य भएकाले उनका उप्रधानमन्त्री, गृहमन्त्री र पर्टी सभापति पद बदर भएका छन्।
प्रतिनिधिसभामा २० सिट रहेको सो दलमा अब १९ सांसद मात्र भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ।











