Kathmandu Press

मानवअधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री कार्की

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियानकर्मीको सम्मेलन २०७९ को आज उद्घाटन गर्दै उनले प्रदेश सरकारको क्षेत्राधिकारभित्र रही मानवअधिकारको संरक्षण गर्ने कार्यमा सकारात्मक रहेको विचार व्यक्ति गरे। 
मानवअधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री कार्की

मोरङ, माघ १४ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताएका छन्।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियानकर्मीको सम्मेलन २०७९ को आज उद्घाटन गर्दै उनले प्रदेश सरकारको क्षेत्राधिकारभित्र रही मानवअधिकारको संरक्षण गर्ने कार्यमा सकारात्मक रहेको विचार व्यक्ति गरे। 

उनले प्रदेश संरचनालाई स्थापित गर्ने दायित्व सबैमा रहेको उल्लेख गर्दै संरचनाको सम्बन्धमा उठेका विभिन्न आलोचनालाई चिर्न र यसलाई स्थापित गराउन पहिलो प्रयासका रुपमा मन्त्रालयको सङ्ख्या १३ बाट घटाई नौमा झारेकामा हौसला प्रदान गर्न आग्रह गरे।

मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेको र अनुकूल समयमा सर्वसम्मति वा विधि प्रक्रिया पूरा गरेर राख्ने हुनाले नामका लागि सल्लाह सुझाव दिन आग्रह गरे। उनले नामकरणको समयमा हुने विरोध, आन्दोलन गर्ने गलत कार्यविरुद्ध सरकारलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिए।

मञ्चका अध्यक्ष भरत खड्का, केन्द्रीय महासचिव विदुर सुवेदी, संस्थापक सदस्य सुबोध प्याकुरेल, डा नेत्र तिम्सिना लगायतले मानवअधिकार, सामामाजिक न्याय र सङ्घीयता बलियो बनाउने कार्यमा अधिकारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा मुख्यमन्त्री कार्कीले मानवअधिकार क्षेत्रमा काम गर्ने जनप्रतिनिधिलाई सम्मान गरेका थिए। अधिवेशनमा प्रदेशका १४ जिल्लाका अधिकारकर्मी र जनप्रतिनिधिको सहभागिता छ। अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्नेछ।

प्रकाशित मिति: १५:३९ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्