Kathmandu Press

सरकारका सबै वेबसाइट डाउन, विमान उडानमा पनि प्रभाव

विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घन्टाभन्दा बढी समयदेखि विमान उडान बन्द भएको जनाइएकाे छ।
सरकारका सबै वेबसाइट डाउन, विमान उडानमा पनि प्रभाव

काठमाडौं, माघ १४ : सर्भरमा समस्या आउँदा सरकारका सबै वेबसाइट डाउन भएका छन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका देशभरका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन्।

बिहानदेखि नै सर्भरमा समस्या आए पनि दिउँसोदेखि डाउन नै भएकाे हाे। सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ।

विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घन्टाभन्दा बढी समयदेखि विमान उडान बन्द भएको जनाइएकाे छ।

सर्भरमा ह्याकहरुले आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको जनाइउको छ। आधा घण्टाभित्र समाधान गर्ने गरी काम भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १५:२१ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्