धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
उनी आज (शनिबार) भैरहवामा आयोजित एक कार्यक्रमबीच नाउपामा प्रवेश गरेकी छन्।
बुटवल, माघ १४ : अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा प्रवेश गरेकी छन्।
पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी उनी आज (शनिबार) भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित एक कार्यक्रमबीच नाउपामा प्रवेश गरेकी छन्।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन्। एलिजाले केही चलचित्र र म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन्।
पार्टी प्रवेश गरे पनि उनको जिम्मेवारी भने टुंगो लागिनसकेको बताइएको छ। एलिजालाई उपाध्यक्ष बनाउने नाउपाको योजना रहेको चर्चा छ ।
एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि नाउपामा प्रवेश गरेका छन्। बर्दिया घर भएका उनी बैंकर तथा व्यवसायी पनि हुन्।
प्रकाशित मिति: १४:०६ बजे, शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











