राष्ट्रपति निर्वाचन फागुन २८ भन्दा पछि सारे देशमा अनिष्ट हुन्छ : शेखर काेइराला
विराटनगरमा आज (शनिबार) नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै उनले आगामी फागुन २८ अघि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिए।
विराटनगर, माघ १४ : कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचन आगामी फागुन २८ गतेभन्दा पछि सारे देशमा अनिष्ट हुने बताएका छन्।
विराटनगरमा आज (शनिबार) नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै उनले आगामी फागुन २८ अघि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिए।
‘राष्ट्रपति निर्वाचन पछि धकेल्न इफ, बट केही आवश्यक छैन,’ उनले भने, ‘फागुन २८ गतेभित्र राष्ट्रपतिको चुनाव नगरिए देशमा अनिष्ट हुन्छ।’
उनले राष्ट्रपतिको चुनाव प्राथमिकतमा रहेको उल्लेख गर्दै उनले कांग्रेसले पनि राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए। सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति निम्तिने पनि उनले बताए।
नेता कोइरालाले नेपाली कांग्रेस ठुलो पार्टी भए पनि सरकार बनाउने अवसरबाट वञ्चित भएको बताए।
प्रकाशित मिति: १३:४० बजे, शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











