Kathmandu Press

आत्मदाह गरेका आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

परिवारका सदस्यले अस्पतालबाट शव बुझेपछि पशुपति आर्यघाटमा आचार्यको अन्त्येष्टि गरिएको हो। आचार्यको अन्त्येष्टिमा परिवारका सदस्य, आफन्त, शुभेच्छुक, जिल्लावासीलगायत सहभागी थिए।
आत्मदाह गरेका आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, माघ १४ : नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको आज (शनिबार) बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

परिवारका सदस्यले अस्पतालबाट शव बुझेपछि पशुपति आर्यघाटमा आचार्यको अन्त्येष्टि गरिएको हो। आचार्यको अन्त्येष्टिमा परिवारका सदस्य, आफन्त, शुभेच्छुक, जिल्लावासीलगायत सहभागी थिए।

माघ १० गते मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको भोलिपल्ट बिहान कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि आचार्यका परिवारले सरकारसमक्ष विभिन्न १० बुँदे माग राखेको र ती माग पूरा गर्ने प्रतिबद्धता सरकारले जनाएपछि परिवारले शव बुझेको बताइएको छ।

आत्मदाहअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेखेर आफूले जति प्रयास गर्दा पनि सफलता पाउन नसकेको, अरूलाई गुहार माग्दा पनि कसैबाट साथ नपाएको, देशमै केही गर्छु भनेर विभिन्न उद्योग सञ्चालन गर्दा पनि बिक्री गरएिको रकम उठ्न नसकेको, विभिन्न संस्थाले आफ्नो पैसा खाइदिएकोलगायत गुनासो गरेका थिए।   

प्रकाशित मिति: १३:२२ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्