Kathmandu Press

पेन किलर खाएर दगुरे अमिर खान

काठमाडौं, पुस २० : बलिउडमा  ‘मिस्टर पर्फेक्सनिस्ट’ उपनाम पाएका अभिनेता आमिर खानले नयाँ फिल्मको सुटिङका क्रममा पनि आफ्नो त्यही छविले च....

पेन किलर खाएर दगुरे अमिर खान

काठमाडौं, पुस २० : बलिउडमा  ‘मिस्टर पर्फेक्सनिस्ट’ उपनाम पाएका अभिनेता आमिर खानले नयाँ फिल्मको सुटिङका क्रममा पनि आफ्नो त्यही छविले चर्चा पाएका छन्।

यतिवेला उनी हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक ‘लालसिंह चड्ढा’को सुटिङमा व्यस्त छन्। यो फिल्मको सुटिङमा उनले दौडको दृश्यका लागि खुब मेहेनत गरेका छन्।

यो दृश्यका लागि आमिरले पेन किलर (दुखाइ कम गर्ने औषधि) काम गरेको जनाएको छ। उनका सहकर्मीका अनुसार, पूर्वनिर्धारित तालिकाअनुसार, काम होस् भनेर पेन किलर खाएको दौडिएका हुन्।

उसो त उनी यो दृश्यका लागि केही समयदेखि अभ्यास गर्दै आएका थिए। दैनिक १२–१३ किलोमिटर दौडने तथा जगिङ गर्ने गरिरहेका थिए।

प्रमुख पात्र लाल सिंह चड्ढाको फिल्ममा खुबै दौडिने दृश्यहरू छन्। त्यसैका कारण आमिरमा दुखाइको समस्या आएको हो।

यसका लागि निर्माण पक्षले १० दिनको समय छुट्याएको थियो। त्यसैले समस्या आएपनि आमिरले औषधि खाएर काम गरेको जनाएको छ।

यसका लागि उनले लामो दाह्री पालेका छन्। त्यस्तै, जवान देखिने तौल पनि घटाएका छन्। निर्माण पक्षका अनुसार, उनले २० किलो तौल घटाएका छन्।

प्रकाशित मिति: १२:५८ बजे, आइतबार, पुस २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्