प्रदेश १ मा मौसम बदली, बाँकी भू-भागमा सफा

काठमाडाैं, माघ १४ : आज देशभर वर्षा र हिमपातको सम्भावना नरहेकाे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ मा मौसम बदली हुनेछ । बाँकी भू-भागमा भने सफा रहनेछ ।
आज राति भने प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ ।
आइतबार दिउँसो भने बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











