Kathmandu Press

रास्वपाकाे कार्यवहाक सभापतिमा डाेलप्रसाद अर्याल

रास्वपाकाे कार्यवहाक सभापतिमा डाेलप्रसाद अर्याल

काठमाडाैं, माघ १४ : राष्ट्रिय स्वतन्त्र पार्टीकाे कार्यवहाक सभापतिमा  डोलप्रसाद अर्याल चयन भएका छन।

शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो।

हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।  

‘सम्मानित सर्वाेच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्देै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्काे व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ’, बिज्ञप्तीमा भनिएकाे छ।

साथै, बैठकले पार्टीको संसदीय दलको नेतामा पनि अर्याललाई नै चयन गरेको छ।

अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।

प्रकाशित मिति: ०७:१९ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्