सर्वाेच्च बाहिर प्रदर्शन गर्ने रवि लामिछानेका समर्थकहरू पक्राउ

काठमाडाैं, माघ १३ : प्रहरीले सर्वाेच्च अदालत बाहिर नाराबाजी गर्ने प्रदर्शनकारीलाई पक्राउ गरेकाे छ। सर्वाेच्चले आज गरेकाे रवि लामिछाने नागरिकता विवादबारे फैसलाविरुद्ध नारावाजी गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको हाे ।
अदालतको फैसला लगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका थिए ।
शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले विदेश नागरिकता परित्याग गरेपनि नयाँ नागरिकता लिने प्रक्रियामा नगरेको जनाएको छ ।
अदालतले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै पद खारेज गरि दिएपछि उनका समर्थकहरु आक्रोशित भएका थिए । उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नारावाजी भएपछि उनीहरुमाथि प्रहरी हस्तक्षेप गरेको थियो।
प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











