आत्मदाह गरेका आचार्यका छोरीहरुलाई पढाइदिने कांग्रेसका सांसद बस्नेतकाे प्रतिबद्धता
शुक्रबार काठमाडौंमा आचार्यका परिवारसंग भेट्दै बस्नेतले आचार्यका छोरीहरुको पठनपाठनका साथै उनको श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
काठमाडौं, माघ १३ : नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नयाँ बानेश्वरअगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठनको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार काठमाडौंमा आचार्यका परिवारसँग भेट्दै बस्नेतले आचार्यका छोरीहरुको पठनपाठनका साथै उनको श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
बस्नेतले आचार्यले संसद् भवन अगाडि आत्मदाह गर्नु दुःखद् भएको र उनले उठाएका बिषयहरुलाई राज्यले उचित ढंगले सम्बोधन गर्नुपर्ने बताए।
यसअघि विभिन्न नागरिकलाई समस्या पर्दा आफूले सहयोग गरेको भन्दै उहाले कुराले भन्दा काम गरेर देखाउनुपर्ने बेला आएको बताए।
पहिरो, भूकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरुलगायत ३२ वर्षको निःशुल्क कोचिङ कक्षा संचालन गरेको उनले स्मरण गरे।
प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











