Kathmandu Press

सर्वोच्च अदालत परिसरमा रविको पक्षमा प्रदर्शन 

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकताको प्रमाणपत्र हाललाई कायम नरहेकाे भन्दै त्यसले मान्यता नपाउने फैसला गरेपछि उनका समर्थकहरू आक्रोशित भएका हुन्।
सर्वोच्च अदालत परिसरमा रविको पक्षमा प्रदर्शन 

काठमाडौं, माघ १३ : सर्वोच्च अदालत परिसरमा रवि लामिछानेको पक्षमा प्रदर्शन भएको छ। प्रदर्शनकारीले  सर्वोच्चकाे फैसलाविरूद्ध चर्काे नाराबाजी गरिरहेका छन्।

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकताको प्रमाणपत्र हाललाई कायम नरहेकाे भन्दै त्यसले मान्यता नपाउने फैसला गरेपछि उनका समर्थकहरू आक्रोशित भएका हुन्।

प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले ‘रवि दाइ हाइहाइ’, ‘रवि दाइ चाहिन्छ’, ‘निर्वाचन आयोगलाई कारबाही गर’ जस्ता नजारा लगाएका थिए।

अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियाे।

सर्वोच्चले लामिछानेको सांसद पद खारेज भएको उक्त फैसलापछि लामिछानेको उपप्रधान तथा गृहमन्त्रीको पद पनि गएको छ। सांसद पद खारेज गरेपछि उनले जितेको चितवन २ मा उपनिर्वाचन हुने भएको छ।

गत मंसिर ४ गते रवि लामिछाने त्यहीबाट भारी मतले निर्वाचित भएका थिए। 

प्रकाशित मिति: १८:०४ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्