Kathmandu Press

चितवन २ मा उपनिर्वाचन हुने

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको लामिछानेको चितवन २ को सांसद पद रिक्त भएको छ।
चितवन २ मा उपनिर्वाचन हुने

काठमाडौं, माघ १३ : चितवन २ मा उपनिर्वाचन हुने भएको छ। सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि त्यहाँ उपनिर्वाचन हुने भएको हो।

गत मंसिर ४ गते रवि लामिछाने त्यहीबाट निर्वाचित भएका थिए। उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला र्सोच्च अदालतले सुनाएको हो।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाे’ फैसला गरेकाले लामिछानेको चितवन २ को सांसद पद रिक्त भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले निर्वाचित भएका थिए।

 

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्