Kathmandu Press

इसेवाको कर्मचारी भन्दै १६ लाख ठगी गर्ने पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईसेवाको आधिकारीक कर्मचारी हुँ भनी ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो।
इसेवाको कर्मचारी भन्दै १६ लाख ठगी गर्ने पक्राउ

काठमाडाैं, माघ १३ : नेपाल प्रहरीले इसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईसेवाको आधिकारीक कर्मचारी हुँ भनी ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

उनले इसेवा आइडि बैंक खातामा लिंक गराइने, आइडी नवीकरण गर्ने, केवाइसी फर्म अपडेटलगायत बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुराई १६ लाख १३ हजार ठगी गरेको अपराध अनुसन्धान कार्यालयलाई सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए।

आफुलाई ठगि गरेको भन्दै ३० भन्दा बढि सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोईरालाले बताए। घटनाको थप अनुसन्धान भइरहेको र अन्य थप सेवाग्राही ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्