राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते

काठमाडौं, माघ १३ : राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते हुने भएको छ ।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमलाई निर्वाचन कार्यतालिका प्रकाशित गर्न निर्देशन दिएका हुन्।
राष्ट्रियसभा उपाध्यक्ष पद २१ फागुन २०७८ देखि रिक्त छ ।
गोलाप्रथामा चार वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।
प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











