Kathmandu Press

रविको मुद्दामा आजै फैसला सुनाउने तयारी, सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा 

फैसलाबारे न्यायाधीशहरु छलफलमा
रविको मुद्दामा आजै फैसला सुनाउने तयारी, सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा 

काठमाडौं, माघ १३ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको छ । बुधबार हेर्दाहेर्दैमा राखिएको मुद्दामा शुक्रबार सुनुवाई सकिएपछि सर्वोच्चले फैसला सुनाउने तयारी गरेको हो । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज मन्त्री लामिछानेको पक्षबाट अधिवक्ता नरेन्द्र केसी सहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका थिए । 

यस्तै रिट निवेदकका पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ , सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाई सकिएको थियो । खाजा समयभन्दा अगाडि सुनुवाई सकिएपछि आजै फैसला गर्नका लागि न्यायाधीशहरु छलफलमा जुटेको बताइएको छ । 

फैसला सुनाइने तयारी भएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

अधिवक्ता रविराज बसौला,  युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए। नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको  थियो ।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्