Kathmandu Press

आत्मदाह गरेका आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्न माग

आत्मदाहको घटनालाई ‘बानेश्वरस्थिति भएको कृषि युवा व्यवसायीको विद्रो स्वरुप गरेको आत्मदाह’ नाम दिइएको मागपत्रमा राज्यको नीतिका कारण कुनै पनि युवाले मृत्युवरण गर्नुपर्ने सिर्जना नहोस् भन्ने चाहना पनि व्यक्त गरिएको छ।
आत्मदाह गरेका आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्न माग

काठमाडौं, माघ १३ : संघीय संसद भवनअगाडि आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्नुपर्ने माग गरिएको छ।

आचार्यका आफन्तले उनलाई गृहमन्त्री रवि लामिछानेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको १० बुँदे मागपत्रमा उनलाई आर्थिक कृषि क्रान्तिको प्रथम सहिद घोषणा गर्नु पर्ने माग गरिएको हो।

आत्मदाहको घटनालाई ‘बानेश्वरस्थिति भएको कृषि युवा व्यवसायीको विद्रो स्वरुप गरेको आत्मदाह’ नाम दिइएको मागपत्रमा राज्यको नीतिका कारण कुनै पनि युवाले मृत्युवरण गर्नुपर्ने सिर्जना नहोस् भन्ने चाहना पनि व्यक्त गरिएको छ।

मागपत्रमा आचार्यले आत्मदाह गर्नुअघि राखेका २५ बुँदे सुझावहरु सम्बोधन हुनुपर्ने, आत्मदाह गर्न उत्प्ररित गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने, किसान र कउषि उपजलाई बिनाअवरोध गर्ने व्यवस्था मिलाउनुपर्ने, आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनुपर्नेलगायत लगायत विषय समेटिएका छन्।

आचार्यले गत मंगलबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका थिए। उपचारका क्रममा भोलिपल्ट बुधबार बिहान उनको निधन भएको थियो।

Prem-Prasad-Achaya-famly1674807994.png

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्