Kathmandu Press

स्थायी विकल्पबिना नहटाउन माग गर्दै सुकुम्बासीकाे प्रदर्शन

संयुक्त राष्ट्रिय सुमुम्बासी मोर्चामा आबद्ध रहेकाहरूले तीनबुँदे माग राखेर बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्।
स्थायी विकल्पबिना नहटाउन माग गर्दै सुकुम्बासीकाे प्रदर्शन

काठमाडौं, माघ १३ : स्थायी विकल्पबिना आफूहरूलाई नहटाउन माग गर्दै काठमाडौंको वाग्मती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।

संयुक्त राष्ट्रिय सुमुम्बासी मोर्चामा आबद्ध रहेकाहरूले तीनबुँदे माग राखेर बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्। भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्पबिना हटाउन नहुने र भूमि ऐनबमोजिम लालपुर्जाको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ।

काठमाडौं महानगरपालिका र वाग्मती सभ्यता सर्वाधिकार सम्पन्न समितिले आफूहरूलाई हटाउन खोजेको उनीहरू लामो समयदेखि आन्दोलित छन्।

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्