Kathmandu Press

लोक गायक भीम पौडेलको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

‘लोक तथा दोहोरी गायक भीम पौडेलको अल्पायुमै भएको दुःखद निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’
लोक गायक भीम पौडेलको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, माघ १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दुस्ख व्यक्त गरेका हुन्। ‘लोक तथा दोहोरी गायक भीम पौडेलको अल्पायुमै भएको दुःखद निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

Hardik ivf

उनको स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित स्थित आफ्नै घरमा बिहीबार राति निधन भएको हो।

दर्जनौं गीत गाएर चर्चित बनेका उनी रक्तअल्पताको कारण दुई महिनादेखि बिरामी थिए। उपचार गराइरहेका उनी केही समययता घरमै आराम गरिरहेका थिए।

पौडेलको पार्थिव शरीरलाई आज (शुक्रबार) पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ।

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्