सरकार गम्भीर भएर अघि बढ्नुपर्छ : नेपाल
महेन्द्रनगर, पुस २० : नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित....

महेन्द्रनगर, पुस २० : नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै गएकाले सरकार पनि गम्भीर भएर अघि बढ्नु पर्ने बताएका हुन्।
उनले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने बताए। ‘प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदै छ,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘अब जनभावनाअनुसार सरकार गम्भीर भएर अघि बढ्नुपर्छ।’
जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको उनको जिकिर थियो। प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रले टुङ्गो लगााउने उनले बताए।
एक प्रश्नको जवाफमा नेता नेपालले भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने बताए। त्यसका लागि अहिले उपयुक्त समय भएको जिकिर गर्दै उनले भने, ‘आर्थिक विकासका लागि सबैसित सद्भाव चाहन्छौँ, छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो।’
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पु¥याउन पहल गर्नुपर्ने उनको भनाइ थियो। ‘पर्यटन आर्थिक विकासको इन्जिन हो, यसलाई गतिशील बनाउन आवश्यक छ,’ नेता नेपालले भने।









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

