नेकपा केन्द्रीय समितिको बैठक तीन साता सारियाे
काठमाडौं, पुस २० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक तीन सातापछि सारिएकाे छ।
आज बिहान बसेको नेकपा सचिवालय बैठक....
काठमाडौं, पुस २० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक तीन सातापछि सारिएकाे छ।
आज बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेकाे हाे।अब केन्द्रीय समिति बैठक माघ १५ गते बाेलाउने निर्णय गरेकाे नेकपाले जनाएकाे छ।
यस अघि नेकपा केन्द्रीय समिति बैठक पुस २३ गते बोलाइएको थियो। राष्ट्रिय सभा निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठक सारिएको जनाएको छ।
एमाले र माओवादी एकीकरणपछि २०७५ जेठ ३ गते बसेको नेकपा केन्दीय समिति बैठक अहिलेसम्म बस्न सकेको छैन। नेकपा केन्द्रीय समिति चार सय ४५ सदस्यीय छ ।
आजको नेकपा सचिवालय बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे पनि छलफल भएको जनाएको छ। त्यस्तै, प्रतिनधिसभा सभामुखको उम्मेदवारबारे पनि छलफल भएको जनाएको छ।






