पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं, माघ १३ : नेकपा माअोवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको हो ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीति, विभिन्न पार्टीसँग भएको एकता प्रक्रिया, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए । उनले फेरिएको राजनीतिक समिकरण र राष्ट्रपतिको निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका थिए ।
प्रकाशित मिति: १२:०५ बजे, शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











