Kathmandu Press

अनेरास्ववियुले जलायो शिक्षामन्त्रीको पुत्ला 

उनीहरुले शिक्षामन्त्री भ्रष्ट र दलाल भएको आरोप लगाउँदै पुत्ला दहन गरेका हुन् ।
अनेरास्ववियुले जलायो शिक्षामन्त्रीको पुत्ला 

काठमाडौं, माघ १३ : नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुत्ला जलाएको छ । 

शुक्रबार प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी नेताहरुले मन्त्री खनालको पुत्ला जलाएको हो । उनीहरुले शिक्षामन्त्री भ्रष्ट र दलाल भएको आरोप लगाउँदै पुत्ला दहन गरेका हुन् ।

शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुुस्तक निजी क्षेत्रलाई छपाईका लागि दिने निर्णय गरेका थिए । जनक शिक्षा सामाग्रीलाई डुबाएर निजी क्षेत्रलाई पुस्तक छपाइका लागि दिनुलाई शिक्षामन्त्रीले कमिसन खान खोजेको आरोप अनेरास्ववियुले लगाएका छन् । 

May be an image of 9 people and people standing
 
जनक शिक्षा सामाग्री केन्द्रमा भएको अनियमिततालाई हटाउनुको साटो शिक्षामन्त्री निजी क्षेत्रलाई पोस्न उद्दत भएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । 

अध्यक्ष पराजुलीले सरकार बनेको छोटो समयमै गलत निर्णय भएको भन्दै त्यसलाई आफूहरुले स्वीकार्न नसक्ने बताए ।
 

प्रकाशित मिति: ११:०१ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्