माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने
हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।
काठमाडौं, माघ १३ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।
हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।
प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।
प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार