आत्मदाह गर्नु अघि प्रेमप्रसादले उल्लेख गरेका व्यक्तिविरूद्ध प्रहरीमा जाहेरी
बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दिएको प्रहरीले जनाएको छ।
काठमाडाैं, माघ १२ : संसद भवन अगाडि आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्यले उल्लेख गरेका व्यक्तिविरूद्ध प्रहरीमा जाहेरी परेको छ।
बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले आत्महत्या दुरूत्साहन मुद्दामा जाहेरी दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले कति जनाविरूद्ध जाहेरी दिएको भन्ने खुलाएका छैनन।
मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि इलाम घर भएका आचार्यले आफैंमाथि आगो लगाएका थिए।
आगो निभाएर उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो। आफूमाथि आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि, समस्या र मागलगायत विभिन्न विषय उठाएका थिए।
बिहीबार गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ।
प्रकाशित मिति: १९:२४ बजे, बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











