Kathmandu Press

सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न गृहमन्त्री समक्ष बालेनकाे आग्रह

सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न गृहमन्त्री समक्ष बालेनकाे आग्रह

काठमाडाैं, माघ १२ : एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन। बिहीबार दिउँसाे गृह मन्त्रालयमा उनीहरूभीच भेटवार्ता भएकाे हाे। 

भेटमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । मेयर बालेनले मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएका थिए ।

साथै उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए ।

बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका थिए ।

छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका थिए । तर, यसरी हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उनले धारणा राखेका थिए ।

बस्तीको विषयमा एकिन विवरण ल्याएर मात्रै थप निर्णयतर्फ जानुपर्ने लामिछानेको धारणा थियो । 

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्