Kathmandu Press

अहिलेको कार्यकाल सुशासन र समृद्धिसहित जनताको आकांक्षामा समर्पित : प्रधानमन्त्री प्रचण्ड

अहिलेको कार्यकाल सुशासन र समृद्धिसहित जनताको आकांक्षामा समर्पित : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, माघ १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिसहित जनताको आकांक्षामा समर्पित गर्ने बताएका छन।

मारवाडी सेवा समिति नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको शान्ति, समृद्धि, सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्नुपर्ने र यस पटक सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताएका हुन।

उनले सबै मिलेर देश बनाउनुपर्ने धारणा राखे। आर्थिक परिसूचकहरु चिन्ताजनक अवस्थामा रहेका बेला सरकारको नेतृत्व गर्ने चूनौतिपूर्ण अवसर पाएको भन्दै उनले आर्थिक लगाएतका समस्या समाधान गर्न सवै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए ।

उनले नेपालको आर्थिक क्षेत्रमा मारवाडी समूदायको भूमिकालाई सरकारले सकारात्मक रुपमा लिँदै मारवाडी समूदायका बिभिन्न मागलाई समाधान गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित मिति: १८:३४ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्