Kathmandu Press

सिन्धुली जिल्ला बत्तीमुनिको अँध्यारो : मन्त्री श्रेष्ठ

प्रेस संगठन सिन्धुलीले आज (बिहीबार)  सदरमुकाममा सिन्धुलीमाडीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सिन्धुली जिल्लालाई बत्तीमुनिको अँध्यारोको संज्ञा दिए।
सिन्धुली जिल्ला बत्तीमुनिको अँध्यारो : मन्त्री श्रेष्ठ

सिन्धुली, माघ १२ : वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुली अनेक सम्भावना रहेको जिल्ला भए पनि विकासका काममा पछि परेको बताएका छन्।

प्रेस संगठन सिन्धुलीले आज (बिहीबार)  सदरमुकाममा सिन्धुलीमाडीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सिन्धुली जिल्लालाई बत्तीमुनिको अँध्यारोको संज्ञा दिए। उनले सिन्धुलीकाे विकासका लागि प्रतिबद्ध भएर लाग्ने पनि बताए।

उनले सिन्धुली मात्र नभएर वाग्मती प्रदेशका १३ जिल्लाका सबै विकास र प्रशासनिक कामलाई तीव्रता दिने बताए।

उनले प्रदेशमा आवश्यकताअनुसार विकास निर्माणका कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनी सिन्धुली क्षेत्र २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

मन्त्री श्रेष्ठले यस प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर वर्तमान सरकारले ११ बनाएको जानकारी दिए।

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्