Kathmandu Press

उपराष्ट्रपति पुन गणतन्त्र दिवस समारोहमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि समारोहमा उपस्थिति थिए। 
उपराष्ट्रपति पुन गणतन्त्र दिवस समारोहमा

काठमाडाैं, माघ १२ : उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज (बिहीबार) भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि समारोहमा उपस्थिति थिए। 

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गरेको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्यमी–व्यवसायी, समाजसेवी, कलाकार, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको समारोहमा उपस्थिति थियो । 

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको सम्बन्धमा दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणले नयाँ आयाम थपिएको बताए।

उनले पारस्परिक सम्बन्धलाई अझ गतिशील तुल्याउन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारसँग निकट सम्पर्कमा रहेर काम गर्न आफ्नो देशको राजनीतिक नेतृत्व प्रतिबद्ध रहेको बताए।  समारोहमा भारतबाट आएका कलाकारले विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्