माओवादीको स्थायी कमिटी बैठकमा अग्नि सापकाेटा पनि सहभागी
सापकाेटालाई माओवादी केन्द्रले उपाध्यक्ष बनाउने तयारी गरेको बुझिएको छ।
काठमाडौं, माघ १२ : माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
सो बैठकमा पूर्वसभामुख अग्नि सापकोटा पनि सहभागी छन्। उनलाई माओवादी केन्द्रले उपाध्यक्ष बनाउने तयारी गरेको बुझिएको छ।
नेकपा विभाजन भएर माओवादी केन्द्र पूर्ववत् अवस्थामा आएपछि सापकोटा पहिलोपटक बैठकमा सहभागी भएका हुन्। सभामुख रहेका कारण उनी पार्टीको जिम्मेवारीबाट अलग रहेकाले उनी यसअघि पार्टी बैठकहरूमा सहभागी भएका थिएनन्।
बैठकमा नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँगको एकता, सरकारका कामकारबाही र अन्य समसामयिक विषयमा छलफल हुने एक नेताले बताए।
प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











