Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

कांग्रेस केन्द्रीय कार्यालयले आज (बिहीबार) एक सूचना जारी गरेर बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएको हो।
कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, माघ १२ : नेपाली कांग्रेसको यही माघ १५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयले आज (बिहीबार) एक सूचना जारी गरेर बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएको हो।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा आउने आइतबारका लागि बोलाइएको बैठक विशेष कारणवश अर्को सूचना प्रकाशित नहुन्जेलका लागि स्थगित भएको जानकारी गराइएको छ।  

यसअघि पनि दुईपटकसम्म बैठक सरेको थियो।

327083259_647886853761444_8564423625127547286_n (1)1674719169.jpg

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्